११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

सप्तरीको आमसभामा सयौं भन्दा बढी जनमतमा प्रवेश

Logo
प्रकाशित शनिबार, फाल्गुण २८, २०७८

राजविराज । सप्तरीको महदेवा गाउँपालिकामा शुक्रबार आयाेजना गरिएको आमसभामा २ सयभन्दा बढी जनाले जनमतमा प्रवेश गरेका छन् । साे गाउँपालिका वडा नम्बर ३ बथनाहामा पार्टीका महदेवा गाउँपालिका अध्यक्ष कुनदन राउतकाे अध्यक्षता तथा पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतकाे प्रमुख आतिथ्यमा आयाेजीत सभामा विभिन्न पार्टी परित्याग गरि २ सय ५० जनाले जनमतमा प्रवेश गरेका छन् । साेही अवसरमा बाल्दै डा राउतले नेपालको उत्तर र दक्षिण दुवै तर्फका सीमानाकाबाट पटक पटक जनता प्रताडित हुने गर्दा समेत समाधानका लागी जनताले भोट दिएर पठाएका काग्रेंस, कम्युनिष्ट, जसपा, लोसपा लगायतका सरकार पनि उतैको झुकावमा पर्ने गरेको आरोप लगाए ।
“जनमत पार्टीलाई एक पटक मात्र जनता सेवा गर्ने अवसर दिन आग्रह गर्दै” उनले भने- “राजाको शासन, राणाको शासन, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपनि जनताले यातना भोग्दै आएका छाैं ।”
पार्टीले जनताराज, प्रत्यक्ष लोकतन्त्र, सामुदायिक समाजवाद अन्तर्गत गासबास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका कार्यहरुको व्यवस्था सुनिश्चित गर्ने अध्यक्ष राउतले दाबी गरे ।
चुनावमा पैसा लिएर मतदान नगर्न आग्रह गर्दै उनले अधिकारका लागि विना पैसा लिएर मतदान गर्न अपील गरे ।
उक्त सभामा केन्द्रीय उपमहासचिव ई. इन्द्रजति यादव, कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादव, जनमत महिला संघकी सयोंजक शुशिला यादव, नेता अनिस अंसारीलगायतकाले मन्तव्य व्यक्त गरे भने, कार्यक्रम सञ्चालन पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]