२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

जनकपुरधामको मेयरमा जनमतबाट महिला उम्मेदवार अनिता साह चुनाव लड्दै

Logo
प्रकाशित मंगलबार, बैशाख ०६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,६ बैशाख । सीता नगरी भनेर चिनिने जनकपुरधाममा जनमत पार्टीले महिलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

विज्ञापन

केन्द्रीय सचिव अनिता साहलाई जनकपुरधामको मेयरको उम्मेदवार बनाएको जनमत पार्टीले जनाएको छ । साह पार्टीकी केन्द्रीय सचिव हुन् ।

सीता नगरीमा मौजुद भ्रष्टाचारी रावणराज अन्त्य गर्न महिलालाई मेयरको उम्मेदवार बनाएको बताएका छन् । उनले सचिवालयको पेजमार्फत् भ्रष्टाचारी रावणराज, ठेकेदार राजको अन्त्य गर्न तथा ढिलासुस्ती र फोहोरको नामोनिशान मिटाउनका लागि महिला मेयरलाई जिताउन अपिल गरेका छन् ।

जनकपुरधामलाई आदर्श नगरी बनाउने भन्दै अध्यक्ष डा. राउतले जनमत पार्टीलाई एक पटक मौका दिए चमत्कार गरेर देखाउने उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]