११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

कमलामा काँग्रेसबाट मेयरमा विशेश्वर यादव गराए उम्मेदवारी दर्ता

Logo
प्रकाशित सोमबार, बैशाख १२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ बैशाख । धनुषाको कमला नगरपालिकाको मेयर पदको लागि नेपाली काँग्रेस पार्टीबाट विशेश्वर यादवले मनोनयन दर्ता गराएका छ्न। ।

सोमबार कमला नगरपालिकाको कार्यालयस्थित रहेको निर्वाचन अधिकृत कार्यालयमा दिउँसो ३ः३० बजे पुगेर उनले काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

बलियो सँगठन र कसिलो पक्कड भएको विशेश्वर यादव मेयरको चुनावको लागि बलिया उम्मेदवार मानिन्छन् । यसअघि राम उदगार गोईतले पनि काँग्रेसबाट जसपाका उम्मेदवार पशुपति यादवलाई भारी मतान्तरले पराजीत गरेको थियो ।

यसापाली प्रथम पटक कमला नगरपालिकामा स्थानीय चुनावमा भाग लिएको जनमत पार्टीबाट दिपेन्द्र तेथवारले दिएका हुन।जनमतको सँगठन पनि कमला नगरपालिकामा कुनै पार्टी भन्दा कम देखिएको छ।

उपमेयरको लागि निवर्तमान उपमेयर शिला देवी मण्डल नेपाली काँग्रेसबाट उम्मेदवारी दिएकी हुन् । जनमतबाट रेखा देवी मण्डलले उपमेयरमा उम्मेदवारी दिएकी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]