२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

सप्तरीको हनुमाननगर कंकालिनीमा जनमतका मेयर वीरेन्द्र माझी अग्रता

Logo
प्रकाशित आइतबार, जेठ ०१, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,१ जेठ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सिके राउत नेतृत्वको जनमत पार्टीले मेयर र उपमेयरमा फराकिलो मतान्तरसहित अग्रता लिएको छ।

सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार मेयरमा जनमतका वीरेन्द्र माझीले १६२८ मत ल्याएका छन्।

दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका शैलेशकुमार साहले २९४ मत पाएका छन्।

उपमेयरमा पनि जनमत पार्टीकी रेखादेवी मण्डलले अग्रता लिएकी छन्। उनले १६१५ मत पाएकी छन्। दोस्रोमा रहेकी जसपाकी सरितादेवी यादवले २९८ मत ल्याएकी छन्।

अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ। वडाध्यक्षमा जनमत पार्टीका उम्मेदवार फराकिलो मतान्तरले अगाडि छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]