२९ फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

सर्लाही चन्द्रनगरको अध्यक्षमा राजकुमार महतो विजयी

Logo
प्रकाशित बुधबार, जेठ ०४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ जेष्ठ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार महतो विजयी भएका छन् । महतो ३९९५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएको हो ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार लोकेन्द्र मुखियालाई ४५९ मतान्तरले पराजित गरेका हुन् । पराजित लोकेन्द्र मुखियाले ३५३६ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी गीता देवी महतो निर्वाचित भएकी छिन् । उनी ३ हजार ८६० मत ल्याएर उपाध्यक्षमा विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी मंजु देवीले २ हजार ९५८ मत पाएकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]