न्यूजमधेश डेस्क
सप्तरी ,८ जेष्ठ । सप्तरीको बलान बिहुल गाउँपालिका प्रमुखमा निर्वाचित खेमचन्द्र यादवले पदभार ग्रहण गरेका छन् ।
गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनबाट बलान बिहुल गाउँपालिका प्रमुखमा निर्वाचित यादवले आज एक कार्यक्रमविच पदभार ग्रहण गरेका हुन् ।
प्रमुख यादवले सदेव जनताको सेवामा समर्पित रहनेछु भन्दै उनले बलान बिहुल गाउँपालिकाबासीलाई धन्यावादसमेत दिएको छ।
उनले भने “तपाईहरुको सकारात्मक सल्लाह सुझावको अपेक्षा गरेको छु ।”