न्यूजमधेश डेस्क
राजविराज ,९ जेष्ठ ।सप्तरीको बलान बिहुल गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष खेमचन्द्र यादवले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेका छन् ।
आइतबार गाउँपालिकाको कार्यलयमा पदभार ग्रहण गर्दै अध्यक्ष यादवले बिरामी र अशक्तलाई उपचारका लागि ओसारपोसार गर्न एम्बुलेन्स खरिद गरि नि: शुल्क सेवा दिने निर्णय गरेका छन् ।
उनले पालिकाभित्र एम्बुलेन्स नपाउने वातावरणको अन्त्यका लागि यस्तो निर्णय गरेको बताए ।