०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

सप्तरीमा पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध प्रदर्शन

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

न्यूजमधेश डेस्क
सप्तरी,१० जेष्ठ । सप्तरीमा राष्ट्रिय एकता अभियानले पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ । राजविराजमा मंगलबार पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध अभियानले विरोध प्रदर्शन गरेको हो ।

अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साह र जिल्ला संयोजक सुनिता चौधरीको नेतृत्वमा ५० भन्दा बढी अभियन्ताहरूले राजविराजको शहिद चौकमा पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध नारा जुलुस गरेका छन् ।

विरोध प्रदर्शन कार्यक्रम निकम्मा सरकार मुर्दावाद, शेरबहादुर देवाव राजीनामा देउ, हाम्रो प्रदर्शन जारी रहने छ, पेट्रोलियम पदार्थको मुल्य बृद्धि कम गर्न नाराको लगाइएको दियो ।

त्यस्तै प्रदर्शनकारीहरुले पेट्रोलियम पदार्थको मूल्यावृद्धि फिर्ता गर, एलपीजी ग्यासको मूल्यवृद्धि महिलामाथिको अत्याचार हो, अकासिएको महँगी नियन्त्रण गर, आयल निगमको कमिसन तन्त्र बन्द गर र उर्जा मन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए ।

अभियन्ताहरु योगानन्द साह, डम्बर नारायण साहलगायतका अभियन्ताहरु प्रदर्शनमा सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]