०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

आर्थिक आभावका कारण मुटुरोगी नबालकको उपचारमा समस्या, परिवारद्वारा सहयोगको चायना

Logo
प्रकाशित शुक्रबार, जेठ १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ जेष्ठ । आर्थिक आभावका कारण मुटुरोगी नबालक छोराको उपचार गर्न नसक्दाँ धनुषाको कमला नगरपालिका ३ लगमाका संदिप मुखियाको परिवार चिन्तित बनेका छन् ।

बिगत पाँच बर्षदेखि मुटुरोगबाट पीडित सात बर्षीय सुरज कुमार मुखियाको उपचारका लागि आवश्यक रकमको जोहो गर्न नसक्दाँ मुखिया परिवार ठुलो चिन्तामा डुबेका हुन् ।

‘‘साहुबाट ऋण लिएरै भएपनि विगत चार÷पाँच बर्षदेखि काठमाण्डौंस्थित शहिद गंगाला हृदयरोग अस्पतालमा मुटुरोगी छोराको उपचार गराउँदै आएका छुं”, बालकको पिता संदिपले भन्नुभयो,‘‘ शुरुमा चिकित्सकले औषधीबाटै मुटुरोग निको हुन्छ भन्नुहुन्थ्यो, त्यही भएर ऋण कर्जा खोजेरै भएपनि उपचार गराईयो ।”

तर अब त्यहाँको चिकित्सकले बाबुको मुटु प्रत्यारोपन नै गर्नुपर्छ, जसका लागि कम्तीमा रु. ५० लाख भन्दा बढी रकम खर्च हुन सक्ने बताएपछि ठुलो चिन्तामा परेको उहाँको दुखेसो थियो ।

‘‘छोराको तत्कालै मुटु प्रत्यारोपन गर्न नसकिए अकल्पनिय क्षति हुन सक्ने चिकितसकबाट जानकारी पाएका छौं”, संदिपले भन्नुभयो,‘‘ तर त्यत्रो मोटो रकमको जोहो गर्न नसक्दाँ छोराको उपचार गराउन सकिरहेको छैन्, ठुलो महा विपद्मा परेका छौ ।” एकातिर छोराको माया अर्काेतिर छोरालाई जोगाउन ठुलो रकमको जोहो गर्नुपर्ने बाध्यतामा परेको उहाँले पीडा सुनाउनुभयो ।

आर्थिक विपन्नताका कारण नबालक छोराको उपचार गराउन नसक्ने अवस्थामा रहेकोले आर्थिक सहयोग गरिदिन संदिपले सबैसँग याचना गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]