१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

बजेट अनुशासनको सीमामा छैन : एमाले उपाध्यक्ष पाण्डे

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१५ जेष्ठ । पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बजेट अनुशासनको सीमामा रहेर नआएको आरोप लगाएका छन् ।

‘चुनावमा भोट बढ्छ भन्ने मात्रै हिसाब गरेको छ,’ संसद भवनबाहिर पत्रकार हरुसँग कुरा गर्दैै उनले भने, ‘जम्मै कुरा भनिदिएपछि भोट बढ्छ भन्ने मनसाय राखेको छ । त्यसकारण यसले आफूलाई अनुशासनको सीमामा पनि राखेको छैन ।’

लेख्न सकिने जति सबै कुरा बजेटमा राखेको टिप्पणी गर्दै पाण्डेले कार्यान्वयनमा भने ध्यान नदिएको बताए। ‘बजेटको आकार पनि ठूलो छ । कार्यान्वयनतर्फ यसको ध्यानै छैन । चुनावी वर्ष हो र चुनावपछि नयाँ सरकार बन्छ भन्ने कुरा यसले हेक्कै राखेको छैन,’ उनले भने ।

सरकारले बजेटमा किसानलाई पेन्सन दिने योजना ल्याएको भए पनि त्यो कार्यान्वयन गर्न सम्भव नरहेको पाण्डको दाबी छ ।

‘किसानलाई १० प्रतिशतसम्म सञ्चय कोष दिन्छु भनेको छ,’ उनले भने, ‘किसानले बेचेकोबाट १० प्रतिशत सरकारले थपिदिने कुरा गरेको छ । झण्डै डेढ करोड किसानलाई सञ्चय कोष दिने जो कुरा गरेको छ । यत्रो संख्यालाई सञ्चय कोष दिन्छु भन्यो भने यसको व्ययभार सरकारले पूरा गर्न सक्छ कि सक्दैन भन्ने आफैं कल्पना गर्न सकिन्छ ।’

त्यसलाई पूरा गर्न नसकिने कुरा कर्मचारी सञ्चय कोष व्यवस्थापन गर्न सरकारले भोगिरहेको कठिनाइबाटै थाहा हुने पाण्डको भनाइ छ।

नीति कार्यक्रम र बजेटबीचमा कुनै सन्तुलन नभएको बताएका पाण्डे साना योजना तल हस्तान्तरण गर्ने कुरा भए पनि त्यसो नगरिएको टिप्पणी गर्छन् ।

‘साना योजनालाई तल हस्तान्तरण गर्छु भनेको छ तर साना साना योजानमा बजेट आफैंले छुट्याएको छ। यसमा कुनै प्राथमिकता छैन्’ उनले भने।

व्यापार घाटा सन्तुलनमा राख्ने कुरा सरकारले गरेको भए पनि त्यो सम्भव नरहेको दाबी पाण्डेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]