न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ जेष्ठ । धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ८ को वडा सदस्यमा निर्वाचित राकेश बिराजी पक्राउ परेका छन् ।
ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको पाइएपछि प्रहरीले उनलाई सोमबार नियन्त्रणमा लिएको हो । बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका छन् ।
कार्यपालिका सदस्य छनौट गर्नका लागि सोमबार मतदान गर्न आएको बखत बिराजीलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
बिराजीलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।