०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

हनुमाननगर कंकालिनी नगरकार्यपालिकामा जनमत र जसपाका उम्मेदवार विजयी

Logo
प्रकाशित शुक्रबार, जेठ २०, २०७९

राजविराज, २० जेष्ठ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको नगरकार्यपालिका सदस्य पदको निर्वाचनमा जसपा र जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

नगरकार्यपालिकाको सम्पन्न मतपरिणाम अनुसार जसपाबाट ६ र जनमतबाट २ जना निर्वाचित भएका हुन् ।

दलित वा अल्पसंख्यक खुल्लातर्फ ३ पदका लागि भएको निर्वाचनमा जनमत पार्टीले २ र जसपाले १ सिट जितेको छ । जनमतबाट विरेन्द्र कुमार राम, लोकेन्द्र ठाकुर विजयी भएका छन् भने जसपाबाट राजनारायण साह निर्वाचित भए । यसैगरी महिलातर्फ जसपाबाट ५ वटै पदमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा राज कुमारी सदा, कौशल्यादेवी मण्डल, मंजुली देवी पासवान, रविना खातुन र चन्द्र कुमारी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ ।

कार्यपालिका सदस्य पदमा ६ जना निर्वाचित भएसँगै जसपाको बहुमत भएको छ । जसपामा उपप्रमुख १ वडा अध्यक्ष ७ र ६ जना नवनिर्वाचित सदस्य गरी कार्यपालिकामा जसपा एक्लैको १४ जना सदस्य पुगेको छ । कूल २४ कार्यपालिकामा जनमतबाट १ नगरप्रमुख २ वडा अध्यक्ष र २ निर्वाचित गरी ५ जना, माओवादी केन्द्रको ४ जना र नेपाली काँग्रेसको १ जना कार्यपालिका प्रतिनिधित्व गरेका छन् ।

यसैगरी बलान विहुल गाउँपालिकाको गाउँ कार्यपालिका सदस्यमा जनमत र काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । जनमत पार्टीबाट दलित अल्पसंख्यक तर्फ २ महिलातर्फ २ गरी ४ जना र काँग्रेसबाट महिलातर्फ २ जना उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बलानविहुल गाउँपालिकाले जनाएको छ ।

जनमत पार्टीबाट खुल्लातर्फ संजिव कुमार शर्मा र संतोष कुमार साह विजयी भएका छन् । महिलातर्फ जनमतबाट अमला देवी यादव र सरस्वती कुमारी यादव विजयी भईन् भने नेपाली कांग्रेसबाट सुलेखा देवी यादव र ललिता देवी मण्डल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]