न्यूजमधेश डेस्क
जनकपुरधाम,२४ जेष्ठ ।जनमत पार्टीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण दिने भएको छ।
आज सिरहाको लाहानस्थित सुर्य होटलको हलमा ११:३० बजे पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतद्वारा कार्यक्रमको उद्घाटन भई सम्मान तथा प्रशिक्षण हुने जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएका हुन।
जनमत पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले जनता राज निर्माण र पार्टीको भाबी रणनीति लगायतका बिषयमा प्रशिक्षण गरीने प्रमुख मण्डलले बताए।