१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

जसपा फेरि फुटको संघारमा !

Logo
प्रकाशित शनिबार, जेठ २८, २०७९

न्यूजमधेश डेस्क
काठमाडाैं,२८ जेष्ठ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को विवाद उत्कर्षमा पुगेको छ । उपेन्द्र यादव पेलेरै अगाडि बढिरहेकाले पनि पार्टीमा फुट हुने निश्चितजस्तै भएको छ ।

सरकारमा रहेका मन्त्रीहरुको हेरफेर गर्ने विषयमा एकमत नभएको सत्तारुढ गठबन्धनभित्रका पार्टीहरुमा विभाजनको संकेत देखापरेको छ ।जसपाबाट सरकारमा सहभागी मन्त्रीहरु नफेरिने हो भने पार्टी नै विभाजन हुने स्थितिमा पुग्ने देखिन्छ ।

पछिल्लो समय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच दूरी बढेकाले पनि जसपा फुट्न सक्ने अनुमान गरिएको छ ।लोसपासँग लचक देखिन थालेका यादवले एकलाैटी निर्णय गर्दै अगाडि बढेकाले पनि भट्टराइ नयाँ दल दर्ताकाे बाटाेमा अग्रसर भएका छन् ।

भट्टराईले नयाँ दल दर्ता गरेर नयाँ अभियानका साथ अगाडि बढ्न सक्ने सम्भावना बढेको छ।जसपा अध्यक्ष उपेन्द्र यादवले पनि पछिल्ला दिन मन्त्रीहरु नफेर्ने र चुनावसम्म गठबन्धनमा रहेर यही मन्त्रीहरुलाई निरन्तरता दिने संकेत गरेका छन् ।

उनले लोकतान्त्रिक समाजवादी पार्टीसँग फेरि एकता हुनसक्ने समेत अभिव्यक्ति दिँदै आएका छन्।यही कारण जसपामा पनि मन्त्रीहरु फेरिने सम्भावना कम छ ।

पार्टीभित्रका असन्तुष्ट पक्षले ६ महिनामा मन्त्रीहरु फेर्ने बताएर अहिले बेवास्ता गरेको आरोप उनीमाथि लाग्न थालेको छ ।

लोसपालाई सरकारतिर नजिकिन थालेको आरोप पनि लाग्न थालेको छ ।अहिले जसपामा १९ जना सांसद छन् । भटराइले यी मध्येबाट कति सांसद आफ्नो पक्षमा पर्लान त? भट्टराइलाइ नयाँ पार्टी खाेल्दा कतै एक्लै पाे पर्ने हाे कि भन्ने डर पनि छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]