२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

१३ प्रतिशतसम्म मुल्य बढ्यो स्टिलमा, उद्योगीहरु आन्दोलित

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,३ असार । बजेटमार्फत स्टिलको कच्चा पदार्थ बिलेट आयात गर्दा भन्सार बिन्दुमा लिदै आएको अन्तःशुल्क थप वृद्धि तथा भन्सार शुल्क पनि बढाएको भन्दै स्टिल उद्योगीहरु देशभरबाट आन्दोलित भएका छन् ।

अन्तःशुल्क वृद्धि भएपछि स्टिलको मूल्य पनि १० देखि १३ प्रतिशतसम्म वृद्धि भएको छ।अर्थमन्त्री जनार्दन शर्माले गत जेठमा आएको बजेटमा अन्तःशुल्क वृद्धि भएको बताएका थिए ।

अन्तःशुल्क वृद्धि गरी प्रतिकेजी ३ रुपैयाँ ५० पैसा पुगेको छ र यसले समस्या देखाएको सिद्धार्थ उद्योग वाणिज्य संघका कर्पोरेट उपाध्यक्ष एवं एभरेस्ट रोलीड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अरुण गोयन्काले बताए ।

सरकारको यो निर्णयले स्पन्ज आइरन आयात गरी बिलेट र स्टिल बनाउने उद्योगहरूलाई फाइदा पुगे पनि अन्य उद्योगहरू भने अघि बढ्न सक्दैनन, गोयन्काले भने ।

प्रतिस्थापन विधेयकमार्फत पहिलो बजेटमा स्पन्ज आइरनको भन्सार महसुल शून्यमा झार्ने निर्णय गरेका अर्थमन्त्री शर्माले कच्चा पदार्थको रुपमा रहेको बिलेट र समान प्रकृतिको एमएस वायरमा भन्सार र अन्तःशुल्क वृद्धि गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]