न्यूजमधेश डेस्क
काठमाडौँ,३ असार। जनमत पार्टीका अध्यक्ष डा. सी के राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीबीच भेटवार्ता भएको छ ।
बिहिबार डिल्लीबजारस्थित कारागारमा जनमत पार्टीका अध्यक्ष डा सीके राउत र जेल जीवन विताइरहेका रेशम चौधरीसंग भेटवार्ता भएको जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएका हुन।
भेटघाटका क्रममा अध्यक्ष द्वय अगामी चुनावमा मिलेर जाने विषयमा सहमत हुनुभएको छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी अगामी चूनावमा मिलेर गठबन्धन तयारीमा रहेको सचिवालय प्रमिख मण्डलले बताए।