१० मंसिर २०८१, मंगलबार
26-11-2024 , Tue
×

सेवाग्राहीलाई गालिगलौज गर्ने प्रादेशिक अस्पतालका कर्मचारी निलम्बित

Logo
प्रकाशित बिहिबार, आषाढ ०९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ असार । प्रादेशिक अस्पताल, लहानले सेवाग्राहीसँग दुर्व्यवहार गर्दै गालीगलौज गर्ने कर्मचारीलाई निलम्वन गरेको छ ।

अस्पतालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई बिहीबारदेखि नै निलम्बन गरिएको जनाएको छ । महतोलाई प्रहरीले भने पक्राउ गरिसकेको छ ।

महतोले बुधबार सेवा लिन आएका एक जना सेवाग्राहीलाई अश्लिल गाली गर्दै दुर्व्यवहार गरेका थिए । ‘अस्पतालको कर्मचारीद्वारा सेवाग्राहीसँग गरिएको व्यबहारप्रति अस्पताल प्रशासन अत्यन्ध गम्भीर र संवेदनशील छ’ अस्पतालका प्रमुख डा. वीरेन्द्रकुमार महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई कानुनी दायरामा ल्याउन अस्पताल कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’

संविधान, प्रचलित ऐन, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०७८, कानुन सामाजिक मूल्य मान्यता र सामाजिक न्याय विपरीत कार्यले अस्पताल, सेवाग्राही, सरोकारवाला कसैको हित नहुने साथै ऐन नियमानुसार सबै पक्षको सहकार्यबाट असल समाज, संस्थाको विकास हुने कुरालाई कसैले नकार्न नसकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा यस किसिमको घटनाले सेवाग्राहीलाई पर्न गएको भावनात्मक आघातप्रति क्षमायाचना गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]