१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

सिरहामा २७ किलो गाँजासहित दुई युवक पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९

न्यूजमधेश डेस्क
सिरहा ,१२ असार । सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो ६५० ग्राम गाँजा सहित ३४ वर्षिय राम सागर साह र गोलबजार नपा १ मुक्सारका ३० वर्षिय चंखु सदायलाई नियन्त्रणमा लिएको हो।

ईलाका प्रहरी कार्यालय धनगढीमाई नपा १२ बिष्णुपुरकट्टीबाट खटिएको गस्ती टोलीले उनीहरु सवार स ३ प७७९६ नम्वरको मोटरसाईकल शंका लागि रोकी चेकजाँच दुई वटा सेतो बोरा भित्र लुकाई छिपाई ल्याउँदै गरेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

आजै सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

उदयपुरको सीमाक्षेत्रमा उत्पादित गाँजा धनगढीमाई नपाको बाटो हुँदै तस्करहरुले भारतसम्म पुर्याउने गरेको बताइन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]