१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

नयाँ मन्त्रीहरुको सपथ भोलि

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१२ असार। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका मन्त्रीहरुले आजै पदबाट राजीनामा दिएका थिए ।

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]