१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

अस्पतालमै डिजे बजाएर गाउँसभा गर्दै औरही गाउँपालिका‌

Logo
प्रकाशित शुक्रबार, आषाढ १७, २०७९

न्यूजमधेश डेस्क
लहान,१७ असार । सिरहाको औरही गाउपालिका‌ले अस्पतालमा चर्को स्वरमा डिजे बजाएर गाउँसभा गर्न लागेको छ ।

गाउपालिका अध्यक्ष शिवजी यादवकै निर्देशनमा अस्पतालमा गाउसभा हुन लागेको हो । अस्पताल शान्ति क्षेत्र हो । अस्पताल क्षेत्रमा ठुलो स्वरमा डिजे बजाउन पाइदैन् ।

तर अध्यक्ष शिवजी यादवले विरामीलाई समस्यामा पर्नेगरी डिजेको तामझाममा गाउसभा गर्न लागेका हुन् । हुन् त धेरै पालिकाले डिजेमा प्रतिबन्ध लगाइसकेको छ । तर उनी आफै डिजे ब्यावसायी भएकाले कमाउ धन्दा गर्न डिजेलाई प्रोमोट गरिरहेका छन् ।

अस्पतालको माथि छतमा राखिएको होरन ठूलो स्वरमा बजिरहेकाले त्यस आसपास कान बन्द राख्नुपर्ने अबस्था छ । तर यसतर्फ जनप्रतिनिधिको कुनै ध्यान गएको छैन् ।

स्थानीयले चर्को स्वरमा डिजे बजाएर गाउँसभा गर्नुलाई अध्यक्ष यादवको ‘मनपरी’ बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]