१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

मधेश प्रदेशमा विद्यालयभित्रै मदिरा पार्टी !

Logo
प्रकाशित शनिबार, आषाढ १८, २०७९

अनमोल कार्की
रौतहट ,१८ असार। रौतहटको गढिमाई नगरपालिका वडा नम्बर ७ धनारी गाउँमा रहेको श्री माध्यमिक विद्यालय धनारीका शिक्षकहरुले विद्यालयमै मदिरा पार्टीको आयोजना गरेका छन् ।

असार १५ गते विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले विद्यालयमा भोज गरेका थिए । विद्यालयको प्रशासनिक कोठामा भएको सो भोजमा शिक्षकहरुले मदिरा सेवन गरेको भिडियो स्थानीय युवाहरुले खिचेर सामाजिक सञ्जालमा अपलोड गरेपछि अहिले ती शिक्षकहरुको तीव्र आलोचना भइरहेको छ ।

भिडियोमा कोठाभित्र महिला शिक्षकसहित अन्य शिक्षकहरु कोठामा गोलाकारमा बसेका छन् । बिचमा बीचमा ठुलो भाँडोमा मासु राखिएको छ । शिक्षकहरु प्लेटमा मासु चिउरा राखेर खाइरहेका छन् । केही शिक्षकहरुको अगाडि वियरको बोतल छन् । भिडियो सुरुवातमा एक युवक हातमा ‘हाइल्याङ्डर’ नामको भोड्का लिएर हिडिरहेको प्रष्टै देखिन्छ । शिक्षकहरुको पार्टी चल्दैगर्दा भोजपुरी गीत मज्जाले घन्किरहेको छ ।

यसरी शिक्षाको मन्दिरमा मदिरा चल्नु एकदमै दुःखद् घटना भएको स्थानिय रामाकान्त यादव बताउँछन् । बालबालिकाहरुलाई शिक्षाको पाठ सिकाउने गुरुहरुलेनै विद्यालयमा मदिरा खाएर पार्टी मनाउने कार्य गलत मात्र नभएर निन्दनिय पनि भएको बताउँदै उनले यस्ता कार्यमा संलग्न शिक्षकहरुलाई कारवाहीको माग गरे । विद्यालयमा यस्ता घटनाहरु यसअघि पनि हुने गरेको तर यसपटक मात्रै सार्वजनिक भएको उनको दावी छ ।

सो भिडियो खिचेका युवक विपिन यादवले विद्यालयजस्तो पवित्र ठाउँमा मदिरा खाएर शिक्षकहरु बसिरहेको सुचना पाएर आफुहरुले सो को भण्डाफोर गर्न भिडियो खिचेको बताए । आफुहरु शिक्षा सुध्रिनुपर्छ भन्ने उद्धेश्यले लागिपरेको जनाउँदै उनले शिक्षकहरुको यस्ता हर्कतले शिक्षकहरुलाई नैतिक रुपमा पतन गराएकाले यस घटनाको छानविन गरि दोषी उपर कारवाही हुनुपर्ने बताए ।

बालबालिकालाई रक्सी, चुरोट, सुर्ती खान हुन्न भनेर सिकाउने शिक्षकहरु आफै विद्यालय भित्र रक्सी खाएर रमाउने काम अक्षम्य भएकाले यसलाई भै गो नी त भनेर छुट दिन नहुने गाउँलेहरु बताउँछन् । कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा हुने सो विद्यालयमा शिक्षकद्धारा गरिएको यस्तो हर्कतले बाल मनोविज्ञानमा पनि असर गर्ने भएकाले यस्ता कार्यहरुलाई आगामि दिनमा निरुत्साहित गर्नुपर्ने उनीहरुको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक कपिलदेव प्रसाद यादव भने आफूहरुबाट निकै ठूलो गल्ती भएको स्विकार्दै यस घटनालाई लिएर आफूहरुले सार्वजनिक माफी मागिसकेको बताए । शिक्षाको मन्दिरमा शिक्षक स्वयमले रक्सी खानु नैतिकहिन काम भएकाले यसको आफूहरुले आत्मालोचना गरिरहेको जनाउँदै आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिवद्धता व्यक्त गरे । ‘हामीबाट ठूलो भूल भएको छ’ उनले भने, ‘यो घटनाले हामीले नैतिकता गुमायौं । त्यसको लागि हामी आत्मालोचना सहित सबैसँग माफी माग्छौं ।’

उनले विद्यालयमा रक्सी पिउनु गलत मात्र मात्र नभइ दुष्कर्मनै भएको भन्दै आफुहरु यस घटनाबाट पाठ सिकेर आगामि दिनमा थप सचेत भएर विद्यालय र विद्यार्थीको हितको लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानाध्यापक यादवका अनुसार सो दिन विद्यालयका विज्ञान शिक्षकले आफुखुसी पार्टी दिएका थिए । चन्द्रपुर नगरपालिकामा रहेको नुनथरमा पार्टी खान जाने पूर्ववत योजना भएपनि सो दिन पानी परेकाले विद्यालय छुट्टी भएर बालबालिका घर गइसकेपछि पार्टीको आयोजना गरिएको थियो ।

सो वार्डका वडाध्यक्ष तपेन्द्र राय यादवले आफूहरुले यस घटनालाई निके गम्भीर रुपमा हेरेको बताउँदै घटनाको विषयमा विद्यालयका शिक्षक र स्थानीयसहित छलफल गरेर थप कारबाहीको लागि नगरपालिकामा लेखि पठाएको बताए ।

नगरप्रमुख श्याम यादवले यस घटनाको बारेमा आफूलाई जानकारी आउनेबित्तिकै सम्बन्धित विद्यालयको प्रधानाध्यापक, वडाध्यक्षसँग बुझेको र प्रधानाध्यापकलाई आज २४ घण्टे स्पष्टिकरणको पत्र काटेको जनाए । उनले स्पष्टिकरणको जवाफ आएपछि अभिभावक र वडाध्यक्षको निर्णय अनुसार अगाडिको कारवाही गरिने जनाउँदै गढिमाइ नगरपालिकाको शिक्षाको स्तर सुधार्न आफुहरु सदैव लागि परेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]