१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

काठमाडौंका मेयर साहलाई महोत्तरीको मटिहानी भ्रमणको निम्तो

Logo
प्रकाशित बुधबार, आषाढ २२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं, २२ असार । देशको संघीय राजधानी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटघाटका क्रममा मेयरद्वयबीच सांस्कृतिक नगरी काठमाडौं र मटिहानीबीच सहकार्यबारे पनि छलफल भएको मेयर मण्डलले बताए ।

मेयर बालेनले मटिहानी नगरपालिका पनि सांस्कृतिक नगर रहेको बताउँदै आफू पनि त्यहाँको सांस्कृतिक तथा धार्मिकस्थलको भ्रमण गर्न उत्सुक रहेको बताए ।

सो भेटघाटको क्रममा मटिहानी नगरपालिकाका मेयर मण्डलले सांस्कृतिक नगरी मटिहानी भ्रमणको निम्तो दिएका थिए ।

मटिहानीका मेयर मण्डलले भेटघाटको क्रममा मेयर बालेनलाई श्री लक्ष्मीनारायण मन्दिरको तस्वीर र बालेनले मण्डललाई गणेश भगवानको मूर्ति मायाको चिनोस्वरुप आदान–प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]