२६ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
×

सहकारी डेरी सञ्चालनमा आएपछि किसानलाई ठूलो राहत

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

न्युजमधेस डेस्क
सिरहा,२५ असार।

सिरहाको दक्षिणी र पूर्वी भेगमा पर्ने भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका भागवानपुर –१ मा श्री वालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापाना भएपछि भैंसी पालन गरेर किसानहरुले आम्दानी गर्न थालेका छन् ।

उत्तरमा बाह्र किलोमिटर लहान र दक्षिणमा पाँच किलोमिटर टाढा भारतीय बजार लौकहामा गएर दूध बिक्री गर्न किसानलाई ठूलो समस्या हुन्थ्यो । गाउँकै बजारमा डेरी सञ्चालनमा आएपछि भैसीपालनतर्फ किसानहरु आकर्षित भएको स्थानीय हरिहरनाथ यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भैंसीको दूध टाढा गएर कसरी बिक्री गर्नु ? खान सक्ने जति खान्थ्यौं, खान नसकेको दूध गाउँघरमा बिक्री नभए खेर जान्थ्यो, तर अहिले दस लिटर दूध विहानै डेरीमा पुर्याएर दिनको छ सयको दरले आम्दानी हुन थालेपछि घरका समस्याहरु टर्न थालेको छ ।’ साना किसान सहकारीले डेरी सञ्चालन गरेर दक्षिणी भेगका किसानका लागि ठूलो राहत भएको उहाँको भनाइ छ ।

हरिहरनाथ जस्तै भगवानपुर गाउँपालिकाका स्थानीय किसान भैसी पालेर नै महिनाको पन्ध्र हजारदेखि तीस हजारसम्म आम्दानी गरिरहेको डेरीका अध्यक्ष चन्देश्वर यादवले जानकारी दिनुभयो । ‘सहकारीले किसानलाई ऋण र प्राविधिक सहयोग गर्न थालेपछि यस भेगका किसान अहिले तरकारी माछापालन र भैसी पालनमा निकै हौसिएको छ’, उहाँले भन्नुभयो ।

‘किसानलाई तरकारी खेती, माछापालन कुखुरा पालन र धान खेतिकालागि सहकारीबाट ऋण दिन थालेपछि यस भेगका मजदूर समेत करारमा तरकारी खेति र भैसीपालनमा लागेको भगवानपुर –१ का गीता सदायले खुसी व्यक्त गर्नुभयो । ‘पहिले निर्वाहमुखी खेति र भैसीपालन हुन्थ्यो, अहिले आम्दानीमुखी भएको छ । यसले दलित समुदायको पनि आर्थिक अवस्थामा सुधार ल्याएको छ ।’

केही वर्ष शिक्षक गुनेश्वर यादवले भवगानपुरमा डेरी स्थापना सञ्चालन गर्नुभयो । उहाँको निधनपछि सहकारीले सञ्चालन गरेको डेरीमा सात सय किसानको शेयर रहेको अध्यक्ष यादवले बताउनुभयो । करोडौंको लगानीमा दक्षिणी भेगको किसानको आवश्यक्ता र मागलाई ध्यानमा राखेर डेरीको बिस्तार गर्न लागेको उहाँको भनाइ छ ।

डेरीबाट उत्पादित दूध, पनिर, खुवा र घिउ बाहिरको बजारमा बिक्री गर्ने उद्देश्यसाथ  डेरीको विकास भइरहेकाले डेरीलाई गाउँपालिकाबाट समेत आवश्यक सहयोग गर्ने भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले विश्वास व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]