०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

जनकपुरधामका जनप्रतिनिधि र कर्मचारीले साताको एक दिन साईकल चढ्ने

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२५ असार।

जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी साताको एक दिन साईकल चढ्ने भएका छन् ।
इन्धनको खपत घटाउनका लागि हरेक हप्ताका शुक्रबार उपमहानगरका सबै जनप्रतिनिधि र कर्मचारीले साइकल चढ्नु पर्ने भएको हो ।

यो निर्णय आगामी साउन महिनादेखि कार्यान्वयनमा आउने उपमेयर किशोरी साहले बताए ।

उपमहानगरपालिकाको नगर सभाले यस्तो निर्णय गरेको उनले जानकारी दिए ।

पेट्रोलियम पदार्थको खपत घटाउन, पर्यावरणलाई सफा राख्न र शरीरका लागि पनि राम्रो हुने भएकाले हप्ताको एक दिन साइकल चढ्ने निर्णय भएको उनले बताए ।

यता प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्याय शुक्रबार नै आफ्नो कोठाबाट साइकल चढेर कार्यालयसम्म पुगेका छन् ।

उपमहानगरपालिकाको नीति अनुरुप आफू कार्यालयसम्म साइकलमै पुगेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]