न्युजमधेस डेस्क
जनकपुरधाम,२५ असार।
देशभर भोली (आईतबार) सार्वजनिक बिदा रहेको छ ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) को उपलक्ष्यामा सरकारले भोली सार्वजनिक बिदा दिएको हो ।
बकर इदको उपलक्ष्यमा मधेश प्रदेश सरकारले शुभकामणा दिनुको साथै वार्षिक क्यालेन्डरमै उल्लेख भए बमोजिम भोली बिदा रहेको जनाएको छ ।