०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

बुढिगंगा मतगणना : एमालेकाे अग्रता कायमै

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्यूजमधेश डेस्क
बाजुरा,२६ असार। बुढिगंगा नगरपालिकामा ७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ।

एमालेका नगरप्रमुखका उम्मेदवार राम बहादुर बाँनियाले ३ हजार ८ सय ८१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार रङ्ग बहादुर खातिले ३ हजार १ सय १ मत प्राप्त गरेका छन्। मेयरमा एमालेले ७ सय ८० को अग्रता कायम राखेको छ।

त्यस्तै नेकपा एमालेका उपप्रमुखका उम्मेदवार माया कुमारी खडकाले ३ हजार ७ सय ५३ मत ल्याएकी छन् भने नेपाली काँग्रेसका उपप्रमुखका उम्मेदवार रिता शाहिले ३ हजार १ सय ५३ मत प्राप्त गरेकी छन्। उपप्रमुखमा ६ सय मतले एमाले अगाडि रहेको छ।

अब वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ। ११ बजेभित्र पुरै मतपरिणाम आइसक्ने निर्वाचन कार्यलय बाजुराले जनाएको छ। बुढिगंगा नगरपालिका वडा न १, २, ९, १०, ८, ७, ४ र ३ को गणना सम्पन्न भएको छ। ८ वटा वडाको मतगणना सकिएको छ। अब २ वटा वडाको गणना बाँकि रहेको छ । मतगणना सकिएको १, २, ३, ९ र १० नम्बर वडामा एमाले विजयी भएका छन् । वडा नम्बर ४, ७ र ८ मा काँग्रेस विजयी भएका छन्।

बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो। बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन्।

कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन्। बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]