०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

वासिङ मेसिनसमेत घरतिर लागे निवर्तमान मन्त्री महेन्द्र राय यादव

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२६ असार।
निवर्तमान  मन्त्रीहरूले  सरकारी  आवास  गृह  छाड्दा आवासका सामान घरतिर लिएर गएको पाइएको  छ । मन्त्रीको प्रयोजनका लागि सरकारी सुविधामा आवासमा  राखिएका  भाँडाकुँडा,  पर्दा,  पङ्खा,  टेलिफोन  सेट,  प्रिन्टर,  वासिङ  मेसिनलगायतका  सामग्री बहिर्गमन हुँदा उनीहरूले लिएर जाने प्रवृत्ति यस पटक दोहोरिएको छ ।

ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका सामान तत्काल फिर्ता ल्याइदिने गरेका छन् भने कतिपयले निकै  गाह्रो  मानेर  फिर्ता  गर्छन् ।  कतिपय  मन्त्रीले भोलि फर्काइदिन्छू’ भन्दै टार्ने गरेका छन् ।

पछिल्लो पटक कृषि तथा पशुपक्षी मन्त्री पदबाट बिदा पाएका  महेन्द्र राय यादवले पुल्चोकस्थित मन्त्री निवास  छाड्दा  वासिङ  मेसिनदेखि  अन्य  केही  सामग्री लिएर गएको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीले बताएको खबर गोरखापत्रमा राधा चालिसेले लेखेकी छन् ।

आवासबाट लैजान नमिल्ने सामान लिएर गएको थाहा पाएपछि सचिवालयले उनलाई ती सामग्री फर्काउन पत्राचार  गर्‍यो । कार्यालयका स्टोरकिपर  पशुपति  पोखरेलले  पूर्वमन्त्री  यादवलाई  त्यसबारे  जानकारी  गराएपछि उनले ती सामान फर्काउने प्रतिबद्धता व्यक्त गरेको बताए।

पूर्वमन्त्री यादवले सरकारी आवास छाडेको एक साताभन्दा बढी भइसक्दा पनि शुक्रबारसम्म सामग्री फिर्ता गरेका छैनन्। यस विषयमा पूर्वमन्त्री यादवले भने, ‘मेरा सहयोगीले के–के ल्याए, त्यो थाहा भएन। सङ्घीय  सचिवालय  तथा  व्यवस्थापन  कार्यालयका कर्मचारीले भनेपछि त्यहाँका केही सामान मकहाँ आएको भए लिस्टअनुसार फिर्ता गरिदिनु भनेर सहयोगीहरूलाई भनेको छु।‘

उनले आफू स्थानीय तह  निर्वाचनका  बखत  उपत्यकामा  नहुँदा  वासिङ  मेसिन बिग्रिएर बनाउन सहयोगीले बाहिर लगेको दाबी गरे। तर त्यस्ता सामग्री बिग्रिएमा कार्यालयलाई जानकारी गराउनुपर्ने र त्यहीँबाट मर्मत गर्न लगाउने व्यवस्था रहेको छ । पूर्व वनमन्त्री  रामसहाय  यादवले  पनि  आवास  छाड्दा  सरकारी  प्रिन्टर नभेटिएपछि  सचिवालयले  सोधखोज  गरेको  थियो।

पछि  वन  मन्त्रालयका  स्टोरकिपरले  प्रोजेक्टरसँगै  लगेको  थाहा  पाएपछि  सचिवालयमै  फिर्ता  गरिएको  छ । मन्त्री  यादवका  छोरा शत्रुघन यादवले आफूले क्वार्टरमा बुझाउनुपर्ने सबै सामान रुजु गरेर बुझाएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]