१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

वैज्ञानिकले फेला पारे क्यान्सरबाट मृत्यु भएकी पहिलो गर्भवती महिला

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२६ असार।वैज्ञानिकहरूले करिब २ हजार वर्ष पुरानो एक गर्भवती महिलाको शव (ममी) इजिप्टमा फेला पारेका थिए । उक्त महिलाको शवलाई वैज्ञानिकहरूले मिस्टेरियस लेडी अर्थात् रहस्यमय नारीको उपमा दिएका छन् । उक्त शव एक गर्भवती महिलाको रहेको र उसको गर्भमा निकै राम्रोसँग संरक्षित अवस्थामा भ्रूण फेला परेको थियो ।

पछिल्लो केही समयदेखि वैज्ञानिकहरूले सबैभन्दा पुरानो उक्त गर्भवती महिलाको शवको अध्ययन गरी उनको मृत्युको कारण पत्ता लगाउने प्रयास गरिरहेका थिए । उक्त शवको खप्परका विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरे । जसबाट ती महिलाको मृत्यु क्यान्सरका कारण भएको पत्ता लागेको छ ।

यो एउटा यस्तो खोज बनेको छ जसले क्यान्सर विशेषज्ञ तथा इजिप्टका वैज्ञानिकहरूलाई हैरान पारेको छ ।

१९औं तथा २०औं शताब्दीमा यो ममी एक पुरुष पुजारीको भएको अनुमान गरिएको थियो । तर वार्सा ममी परियोजनाले जब त्यसमाथि अनुसन्धान गर्‍यो तब त्यो शव पुरुषको नभएर महिलाको भएको पत्ता लाग्यो । अझ आश्चर्य त तब भयो जब त्यो संसारकै पहिलो गर्भवती शव रहेको पत्ता लाग्यो । विश्वमा त्यसभन्दा पुरानो गर्भवती शव अहिलेसम्म फेला परेको छैन ।

यही वर्षको सुरुआतमा उक्त रहस्यमय नारीको शवको सिटी स्क्यान गरियो र त्यसक्रममा पेल्भिस क्याभिटीमा एक भ्रूण रहेको थियो । गर्भमा निकै धेरै अम्लीयपना र कम अक्सिजनयुक्त वातावरणका कारण भ्रूण राम्रोसँग संरक्षित भएको थियो ।

वैज्ञानिकहरूले ती गर्भवती महिलाको मृत्यु किन भएको रहेछ ? भन्ने कुरा पत्ता लगाउनका लागि पनि अध्ययन गरे । गर्भवती ममीको खप्परको स्क्यान गरियो । खप्परको हड्डीको स्क्यानको जाँचका क्रममा ती महिला क्यान्सर पीडित रहेको पत्ता लाग्यो । सिटी स्क्यानका क्रममा खप्परको बायाँतर्फ यस्तो संकेत देखियो जुन आजकल नेसोफेरिन्जियल क्यान्सरका रोगीहरूमा पाइन्छ ।

यो एक दुर्लभ क्यान्सर हो र यसले नाक र मुखको पछाडिको भागलाई प्रभावित गर्दछ । त्यहाँ ७ मिलिमिटर व्यासको एक गोलो घाउ देखियो जुन ट्युमरका कारण हुन सक्दछ ।

साथै अनुहारका हड्डीमा ठूलो प्वाल पनि पाइयो । क्रेनियोफिसियल हड्डीमा यही क्यान्सरका कारण परिवर्तन आउँदछ । यद्यपि क्यान्सरको सही तरिकाले पत्ता लगाउनका लागि शोधकर्ताहरूले ममीको तन्तुको राम्रोसँग जाँच गर्नुपर्ने हुन्छ ।

स्मरण रहोस् यसअघि पनि क्यान्सरको सम्भावित लक्षण देखिएका केही ममी इजिप्टमा फेला परेका थिए । सन् २०१७ मा वैज्ञानिकहरूले दुईवटा प्राचीन मिश्रका शवहरूमा स्तन क्यान्सर र मल्टिमल माइलोमा भएको पत्ता लगाएका थिए । यो विश्वमा क्यान्सरको सबैभन्दा पुरानो घटना हो ।-एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]