२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

डाका मुद्दामा फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित आइतबार, साउन १९, २०७६

राजेन्द्र महतो,लहान। डाका मुद्दामा केही दिनदेखि फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले शनिबार पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बिष्णु पुर सिरहाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

फरार प्रतिवादीको रुपमा फरार रहेका सिरहाको बिष्णुपुर गाउँपालिका -३ राजपुर बस्ने २० बर्षिय रुपेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

डाका मुद्दा परेका यादव गत केहि दिन देखि फरार रहेका थिए । फरार रहेका यादवलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुर प्रहरीको गस्ती टोलीले बिष्णुपुर गाउँपालिका -३ राजपुरबाट पक्राउ गरेर आवश्यक कारबाही बढाएको छ ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]