१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

प्रधानमन्त्रीलाई बिभिन्न माग राख्दै लोसपाले पठाए ज्ञापन पत्र

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बिभिन्न माग राख्दै सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

प्रमुख जिल्ला अधिकारी मार्फत् पठाइएको ज्ञापनमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने र वैवाहिक अंगीकृतलाई बर्तमान कानुन अनुसार नै नागरिकता दिने कार्य हालसम्म हुन नसहेकाले द्रूत गतिमा अगाडि बढाई कार्यान्वयन गर्न माग गरिएको छ ।

मधेश÷थरुहट आन्दोलन लगायत बिभिन्न आन्दोलनमा लगाइएका झुठा मुद्दा फिर्ता गरी महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगायतका राजबन्दीलाई रिहा गर्नुपर्ने, नेपालका बिभिन्न उत्पीडीत समुदा मधेशी, थारु, आदिवासी जनजाती, शिल्पी, महिला, मुश्लिम लगायतको सम्मान, पहिचान र अधिकार प्राप्तिका लागि संविधानमा संशोधन गर्न ज्ञापनमा माग गरिएको छ ।

यस्तै, देशमा व्याप्त महंगी, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, कृषिको लागि मलखाद्यको व्यवस्था गर्नुपर्नेसहितका माग ज्ञापनमा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]