१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

एसिड पीडित आरतीलाई मुद्दा फिर्ता लिन प्रलोभन र धम्की

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

कमलेश ठाकुर
जनकपुरधाम,२८ असार । एसिड पीडित आरती साहलाई मुद्दा फिर्ता लिन व्यवसायी नागेन्द्र साहले दबाब दिने गरेको आरोप लागेको छ ।

एसिड विक्रेता साहले ६ लाख रुपैयाँ लिएर मुद्दा फिर्ता लिन दबाब दिएको आरतीले आरोप लगाएकी छन् । “नागेन्द्रका मानिसले मलाई मुद्दा फिर्ता लिन विभिन्न प्रलोभन र धम्की दिने गरेको छ,” उनले भनिन्, “मेरो लागि एसिड छ्याप्ने र बेच्ने दुबै दोषी छन्, दुवैलाई कारबाही हुनुपर्छ । तर, उनीहरू म काम गर्ने पसलमै आएर धम्की दिने गरेको छन् ।”

आरतीका श्रीमान् सञ्जिवले उनी र छोरी रियामाथि ०७७ कात्तिक २७ मा एसिड छ्यापेका थिए ।

जिल्ला अदालत धनुषाले सोही मुद्दामा ०७८ भदौ १० गते अन्तिम सुनवाई गर्दै फैसला सुनाएको थियो । अदालतले एसिड छ्याप्ने सञ्जिवलाई दश वर्ष कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला गरेको थियो ।

एसिड व्यवसायी नागेन्द्र साहलाई भने सफाइ दिइएको थियो । सोही फैसलाबाट चित्त नबुझेको भन्दै आरतीका भाई सञ्जय साहले ०७८ फागुण १५ गते उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।

यो मुद्दामा उच्च अदालतले असार ८ गते आरोपित झिकाउन आदेश दिएको थियाे । तर, आरोपित झिकाउन आदेश दिएको तीन साता हुन लाग्दासमेत पेसी चढेको छैन ।

यसैबीच, अदालतले २१ दिनभित्र अदालतमा हाजिर हुन आरोपितको नाममा म्यादपत्र जारी गरेको छ । आरोपित अदालतमा अहिलेसम्म हाजिर भएका छैनन् ।

दुवै पक्ष अदालतमा हाजिर भएपछि सुनवाईको प्रकृया अगाडि बढ्नेछ । याे घटनामा दुवै पक्षबाट मुद्दा दर्ता भएको छ ।

आरोपित पक्षले धम्की दिएपछि आरती अहिले उक्त पसलमा काम गर्न छोडिसकेको बताउँछिन् । आरती केही समय बुबाकै पसलमा जनकपुरस्थित पेठिया बजारमा तरकारी बेच्ने काम गर्दै थिइन् ।

मेधश प्रदेश सरकारले जागिर दिने घोषणा गरेपछि उनले काम छोडेर समान्य लेखपढ गर्न टि्युसन पढ्न थालेकी थिइन् । यद्यपि, नागरिकता नहुँदा उनले जागिर पाउन सकिनन् ।

“नागरिकता नहुँदा मेरो नोकरी भएन । मेरो छोरीले पनि पढ्न पाएकी छैन,” उनले भनिन्, “परिवार चलाउन कठिनाइ भएको छ । कति दिन बुबा आमाकै पैसामा जीवन बिताऊँ ।”

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा श्रीमतीमाथि एसिड प्रहार गर्ने सञ्जिव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानुनबमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दाबी गर्दै जिल्ला अदातलतमा मुद्दा दर्ता गराएको थियो । अहिले पनि सरकारी वकिल कार्यालयले सोही अनुसारको क्षतिपूर्ति र सजाय दाबी गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]