०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

जडीबुटी प्रशोधन केन्द्र तीन वर्षपछि पुनः सञ्चालनमा ल्याउने तयारी

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम, २८ असार। मधेस प्रदेशको जिल्ला धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरमा रहेको जडीबुटी प्रशोधन केन्द्र तीन वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । २०७६ सालमा मधेश प्रदेश सरकारले भाटीघारी सामुदायिक वन उपभोक्ता समूह पुष्पवलपुरलाई जडीबुटी प्रशोधन गर्ने मेसिन उपलब्ध गराएको थियो ।
तीन महिनासम्म सञ्चालन गरिएको जडीबुटी प्रशोधन केन्द्र कोभिड–१९ का कारण बन्द गरिएको थियो । बन्द अवस्थामा रहेको सो प्रशोधन केन्द्रमा रहेको मेसिन मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउने तयारी भएको छ ।

वन उपभोक्ता समूहका अध्यक्ष श्याम गोलेले यस प्रशोधन केन्द्रमा मेन्था, क्यामामाइल, सिट्रोनेला, तमारोजा, लेमनग्रास र कडी पत्ताको तेल उत्पादन गरिने बताउनुभयो । उहाँले यहाँ उत्पादित तेल डाबरलगायत विभिन्न आयुर्वेदिक औषधि उत्पादक कम्पनीले खरिद गर्ने भएपछि बन्द अवस्थाको मेसिन पुनः चलाउने तयारी गरेको जानकारी दिनुभयो ।

प्रशोधन केन्द्र सञ्चालनमा आइसकेपछि वन उपभोक्ता समूह मातहत रहेको हरियाली समृद्ध महिला समूहलाई हस्तान्तरण गरेको अध्यक्ष गोलेले बताउनुभयो । प्रशोधन र तेल बिक्रीबाट भएको सम्पूर्ण आम्दानी महिला समूहकै हुने पनि अध्यक्ष गोलेले जानकारी दिनुभयो ।

तेल उत्पादन गर्न चाहिने जडीबुटीका बिरुवा सामुदायिक वनमै उमारिएको जानकारी दिँदै अध्यक्ष गोलेले, भन्नुभयो, “यसलगायत वन समूहसँग आबद्ध महिला समूह र स्थानीयवासीले निजी जग्गामा उत्पादन गरेको कच्चा पदार्थसमेत खरिद गरेर तेल उत्पादन गरिनेछ ।” धनुषामा तीनवटा जडीबुटी प्रशोधन केन्द्र छ । तीमध्ये दुईवटा निजी र यो एउटा मात्र समुदायमा आधारित जडीबुटी प्रशोधन केन्द्र रहेको पुष्पवलपुरका राजकुमार आलेमगरले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]