११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

वीरगन्जमा जसपा यादव पक्षको केन्द्रीय समिति बैठक सुरु

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

न्यूजमधेश डेस्क
काठमाडौँ ,२९ असार।जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहको केन्द्रीय समिति बैठक वीरगन्जमा सुरु भएको छ । बुधबार दिउँसो वीरगन्जमा नेता यादवले बैठक उद्घाटन गरेका हुन् ।

विभाजनको तयारीमा रहेको जसपाका दुई प्रमुख नेता बाबुराम भट्टराई र उपेन्द्र यादवले छुट्टाछुट्टै बैठक र भेला गर्दै आएका छन् । यसअघि बाबुराम भट्टराईले मंगलबार काठमाडौंमा आफू पक्षीय सदस्यहरूको विस्तारित बैठक सुरु गरेका थिए ।

बुधबार यादव समूहको बैठकमा भने अशोक राई, राजेन्द्र श्रेष्ठ लगायत नेताहरू पनि उपस्थित भएका छन् । बाबुराम भट्टराई पक्षको बैठकमा भने महिन्द्रराय यादवसहितका नेताहरू सहभागी थिए ।

भट्टराईको पक्षमा उनी स्वयं बाहेक जसपा कार्यकारिणीका ४ जना नेताहरु छन् । महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठ, रमेश यादव र हिसिला यमी भट्टराईको पक्षमा छन् । अशोक राई, राजेन्द्र श्रेष्ठसहितका बाँकी कार्यकारिणी सदस्य यादवको पक्षमा छन् ।

२०७६ वैशाख २३ मा तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी बनेको थियो । समाजवादी पार्टी २०७७ वैशाख १० मा राष्ट्रिय जनता पार्टीसँग मिलेर जसपा बनेको थियो ।

नेतृत्व प्रणाली समानुपातिक हुन नसकेको, पार्टी विधानअनुरूप नचलेको, अध्यक्षको एकलौटी कार्यशैली कायम रहेको लगायत विषयमा भट्टराई र यावदबीच बढ्दै गएको मनमुटावले अहिले उत्कर्ष रूप लिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]