११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

भृकुटीमण्डपमा ह्वील चियर गोदाममा लागेको आगो नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२९ असार। काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ ।

बुधबार अपरान्ह लागेको आगो नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाएका छन् ।

सुरक्षाकर्मी, स्थानीय तहका दमकलको सहायतामा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेनाका चण्डीदल गणबाट खटिएको फायर फाईटीङ्ग टोली, श्री नं. १ विपद् व्यवस्थापन गणबाट दमकल सहितको जनशक्ति तथा सैनिक परिवहन गणबाट दमकल र पानी ट्याङ्कर सहितको जनशक्ति तत्काल परिचालन भएका थिए ।

काठमाडौं महानगर मेयर बालेन साह आगलागीस्थलमा पुगेका थिए । आगलागीको कारण क्षती भने खुलिसकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]