०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटिए

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ असार । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी आफ्नै कर्मचारीबाट पिटिएका छन् ।

बुधबार दिउँसो गाउँपालिकामा कार्यरत करार कर्मचारीले जोशीमाथि हातपात गरेको गाउँपालिका अध्यक्ष रामअशिष महतोले जानकारी दिए । उनका अनुसार ३ जना करार कर्मचारीले एक्कासी उनीमाथि हातपात गरेका छन् ।

‘म एउटा काम लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर गएको थिएँ, त्यही बीचमा घटना भएको रहेछ’ अध्यक्ष महतोले भने, ‘घटना हुनुका कारण बुझ्न सकेको छुइनँ ।’

जोशीले आफूहरुलाई गालीगलौज गर्दै हातपात गर्न खोजेपछि घटना भएको नाम नबताउने शर्तमा एक जना कर्मचारीले बताएका छन् ।

गाउँपालिका अध्यक्ष महतोले घटनाको वास्तविकता बुझ्न नसेकेको र बुधबार यस बिषयमा छलफलको समय तोकिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]