११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

जनकपुरबाट पक्राउ परेका १२१ जना अभियानी रिहा

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३१ असार।चुरे तथा वन जंगल संरक्षण अभियान समितिका पक्राउ परेका १२१ जना रिहा भएका छन् ।

विहीबार जनकपुरधाम बजार बन्दको घोषणा गरेका अभियानीहरु बजार बन्द गराउन गराएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेका थिए ।

पक्राउ परेकाहरुलाई बिहीबार बेलुकानै रिहा गरिएको छ । विहान १२ बजे जनकपुरधामको विभिन्न चोकबाट पक्राउ परेका उनीहरुलाई दिनभरी प्रहरीले नियन्त्रणमा लिएर हिरासतमाराखेका थिए । उनीहरु चार दिनदेखि चुरे तथा वन जंगल बचाउन माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्दै आएका थिए ।

सोही क्रममा बिहीवार अर्थात चौथो दिन समितिले पूर्व घोषणा अनुसार बजार बन्द गराउने प्रयास गरेका थिए । उनीहरुको घोषित कार्यक्रम सबै सम्पन्न भइसकेकाले विना सर्त रिहा गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक राइले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिदासमेत कुनै प्रकारको वधा अवरोध नभएको उनले बताए ।

मधेशका जिल्लाहरुमा चुरे तथा वन जंगलको जग्गा भू–माफियाले अतिक्रमण गरेको चुरे तथा वन जंगल संरक्षण अभियान समितिको आरोप छ ।

सुकम्बासीको नाममा भू– माफियाहरुले वन जंगल फडानी गरी जग्गा कब्जा गरेको समितिको ठहर छ । सोही अतिक्रमित जग्गा बचाउन समितिका प्रतिनिधिहरु पटक–पटक आन्दोलित हुँदै आएका छन् । ०७८ भदौं ४ गते उनीहरु आमरण अनसन बस्दा प्रदेश सरकारले तीन बुंदे सम्झौता गरेको थियो ।

छानविन समिति गठन गरी अतिक्रमित जग्गा बारे प्रतिवेदन बनाएर कारवाही गर्ने, वास्तविक सुकुम्बासीको लागि जग्गा दिलाउन पहल गर्ने र वन फडानी गर्नेहरुलाई कानुनी कारवाही गर्ने प्रदेश सरकारले आश्वासन दिएको थियो ।

सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेको हुनाले पुनः समितिका प्रतिनिधिहरु सरकारविरुद्ध आन्दोलित भएका छन् । पहिलो दिन उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वन कार्यालयलाई ध्यानाकर्षण स्वरुप ज्ञापनपत्र बुझाएका थिए । दोस्रो दिन लालटेन, तेस्रो दिन झाडु जुलुस र चौथो दिन जनकपुरधाम नगर बजार बन्द गर्ने उनीहरुको कार्यक्रम थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]