०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम, ३१ असार।
ब्लड क्यान्सरबाट पीडित सबैलाको इनर्वा टोलका निवासी जिवछ मंडलको ६ वर्षिय छोरा अभिजित मंडलको उपचारका लागि आर्थिक सहयोग जुटेको छ।


सबैला नगरपालिका वार्ड नं.९ स्थित रहेको भठिहन टोलका युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा गएका, उनिहरुद्वारा समाजमा रहेका दिन,दुखी,असहाय धार्मिक कामहरुलाई समिति गठन गरेर करिब ६ सालदेखि सहयोग गर्दै आइरहेको छन्।
भठिहन समाज कल्याण सेवा समितिले ब्लड क्यान्सरबाट पीडितलाई आर्थिक सहयोग जुटाएर दिएका हुन्।

६ वर्षिय छोरा मंडलको बिगत ८ महिनादेखि कान्ति बाल अस्पताल काठमाडौमा ब्लड क्यान्सरको उपचार जारी छ। आफुसंग भएको चल-अचल सम्पुर्ण सर-सम्पत्ति अहिलेसम्म छोराको उपचारमा लगाइसकेका छन र अगाडि उपचार गराउनका लागि आर्थिक समस्या भएको हुँदा उक्त समाज कल्याण सेवा समितिद्वारा रु. १५,००० (पन्द्र हजार मात्र) आर्थिक सहयोग गरिएको समितिले जनाएको छ।

एक हप्ता अगाडी विरामी बाबुको आमाले हेल्प मधेसी संस्थाका केन्द्रिय सचीव रामउद्गार यादवलाई  फोन मार्फत काठमाडौमा ८ महिनादेखि डेरा गरेर बस्दै आएको घर मालिकले भाडाको लागि अति नै ताकेता गरेको र आफु घर भडा तिर्न असमर्थ भएको छु भन्दै थियो। त्यसैले सचीव यादवको फेसबूक वालबाट सहयोग गरिदिनका लागि अपिल गरेका  थिए। यादवले अपिललाई स्वीकार गर्दै बिहीबार भठिहन समाज कल्याण सेवा समितिका सेवक साथीहरु पिडितको घरमै पुगि बिरामि बाबुको आमा अमृति मण्डललाई सहयोग रकम रु-१५,०००/ हस्तान्तरण गरेको थिए।

बिरामी बाबुको आमाले सम्पुर्ण संघ-संस्था संग छोराको उपचारमा अलि-अलि सहयोग जुटाइन दिनका लागि हार्दिक अनुरोध गरिएको छ।
३ महिना अगाडि हेल्प मधेसी संस्था मलेसियाद्वारा निज बिरामी बाबु अभिजितको उपचारमा रु-२१,०००/- अक्षरेपि (एकाईस हजार मात्र) आर्थिक सहयोग गरिएको थिए।

    बाबुको उपचारमा सहयोग गर्न चाहनुहुने संस्था वा, व्यक्तिगत तल दिएको बैंक खाता सिधा सहयोग गर्दा हुनेछ।

खाता नं-1030100000028045
खातावाहकको नाम-ब्रहमदेव मंडल
सिटिजन बैंक धनुषाधाम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]