०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

गएराती आएको भीषण हावाहुरीले दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनामा क्षति

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,३२असार।
गएराती आएको भीषण हावाहुरीले एक दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनामा क्षति पुर्याएकाे छ।
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा हिजाे बेलुका आएको हावाहुरीले धेरै घरमा क्षति पुगेको बोगटान फुड्सिल गाउँपालिका–७ का वडाअध्यक्ष चन्द्रमान सुनारले जानकारी दिनुभयो।

हावाहुरीले घरको सिलेट खस्दा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारा दाच्का बस्ने हिमाल कुडमालका तीन वर्षीय छोरा विजय कुडमाल गम्भीर घाइते भएका छन् । घरको आगनमा खेलिरहेका उनको टाउकोमा सिलेट खसेकाे थियाे।

घाइते विजयको चवरा चौतारा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । टाउँकोमा दुई ओटा घाउ लागेकाले एउटामा ३ र एउटामा एक गरेर ४ वटा टाका लगाइएको स्वास्थ्य चौकी प्रमुख प्रकाश विकले जानकारी दिनुभयो।

हावाहुरीकै कारण सबैभन्दा बढी चवराचौतारामा रहेका थुप्रै निजी तथा सार्वजनिक संरचनामा क्षति पुगेको बताइएको छ। यसैगरी रुख विद्युतका तारमा खस्दा र पोल ढलेका कारण वडा-७ मा विद्युत् अवरुद्ध भएकाे प्रहरी चौकी चमराचौताराले जनाएको छ । यसैगरी वडा नं ७ उमुडीका ४ घर चर्केर जोखिममा रहेका छन् ।

हावाहुरीले दर्जनौँ घरका छाना उडाएको र चवराचौतारा बजार क्षेत्रमा जडान गरिएका सौर्यबत्तीमा समेत क्षति पुर्याएको स्थानीयवासी उपेन्द्र धामीले बताउनुभयो । हावाहुरीकै कारण पीपलको रुख भाँचिदा चनुकाँडा आधारभूत विद्यालयको संरचनामा क्षति पुगेको छ ।

भान्सा कोठा, चार वटा शाैचालय र ३ कोठे विद्यालय भवनमा क्षति पुगेको स्थानीयवासी रबहादुर बमले जानकारी दिनुभयो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]