०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

असार अन्तिमसम्म देशभर ६० प्रतिशत मात्रै धान रोपाइँ

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,३असार।
असार अन्तिमसम्म देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । कुल रोपाँई हुने १५ लाख चार हजार हेक्टर  क्षेत्रफलमध्ये आठ लाख ९९ हजार हेक्टर क्षेत्रफलमा रोपाँई सम्पन्न भएको  मन्त्रालयको तथ्यांक छ ।

गएको वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।गत बर्षको तुलनामा आठ प्रतिशतको हाराहारीमा कम रोपाँई भएको मन्त्रालयले जनाएको छ ।

रोपाइँको तथ्याङ्क प्रदेशसँगको समन्वयमा तयार गरिएको मन्त्रालयले जनाएको  । विशेषगरी प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको देखिएको छ ।

प्रदेश १ मा तीन लाख ४० हजार हेक्टर,मधेश प्रदेशमा चार लाख पाँच हजार हेक्टर,बागमती प्रदेशमा एक लाख २० हजार हेक्टर,गण्डकी प्रदेशमा एक लाख हेक्टर,लुम्बिनी प्रदेशमा तीन लाख २० हजार हेक्टर,कर्णाली प्रदेशमा ३८ हजार हेक्टर र सुदूरपश्चिम प्रदेशमा एक लाख ५५ हजार हेक्टर क्षेत्रफलमा रोपाँई भएको छ ।

मनसुन सुरु हुनासाथ यही साउन दोस्रो हप्तासम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ । रोपाइँमा मलको अभाव भएकाले उत्पादनमा त्यसको केही असर पर्ने देखिएको छ । अहिलेसम्म मन्त्रालयले विगत वर्षमा जस्तै लगभग शतप्रतिशत रोपाइँ हुने अनुमान गरेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]