०५ मंसिर २०८१, बिहिबार
21-11-2024 , Thu
×

जातीय हिंसामा १०५ जनाको मृत्यु, २९१ जना घाइते

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९

न्युजमधेस डेस्क
एजेन्सी,५ श्रावण।
जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ । हिंसामा २९१ जना घाइते भएका सुडानको ब्ल्यु नाइल राज्यका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।

इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो । ‘स्थिति अहिले शान्त छ,’ स्वास्थ्यमन्त्री जमाल नासेरले भने ।

सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको उनले बताए । पुनः झडपको जोखिम कायमै रहेकोले नाइल राज्यमा अझै केही दिन सेना परिचालन हुने भएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

अमेरिका । अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित र्‍यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते हुनुभएको छ । उहाँको कानबाट रगत आएको देखिएको छ । उहाँको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ । उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा […]

पाकिस्तान । इरान र पाकिस्तानबाट गत हप्ता १३ हजार ४४७ जना अफगानी आप्रवासीलाई स्वदेश फिर्ता पठाएको ‘द खामा प्रेस’ले जनाएको छ । तालिबान नेतृत्वको मन्त्रालयका अनुसार महिला र बालबालिकासहित कुल शरणार्थीमध्ये १० हजार २२५ लाई इरानबाट र तीन हजार २२२ लाई पाकिस्तानबाट फिर्ता गरिएको थियो । अफगानी आप्रवासीहरू तोरघुन्डी, स्पिन बोल्डक, इस्लाम काला र मैत्री […]

साउदी (रियाद) । वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपाली युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार गैर आवासीय मधेशी संघ साउदी शाखाले रियादमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा करिब तिन दर्जनभन्दा बढी नेपाली युवाहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् । गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितीका सल्लाहकार दिनेश साहुको प्रमुख आतिथ्यमा भएको पार्टी […]