०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जागिरका लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै बलात्कार प्रयास गरेको आरोपमा उपमेयरविरुद्ध जाहेरी दर्ता

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

न्युजमधेस डेस्क
सिरहा,६ साउन।
सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध बलात्कार प्रयासको जाहेरी परेको छ । एक महिलालाई जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कोठामा लगेर बलात्कारको प्रयास गरेको भन्दै उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भएको हो । पीडित महिलाले उपमेयर महतोमाथि इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएकी हुन् ।

केही दिन अगाडि नगरपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन खुलेको थियो । ति महिलाले  कम्प्युटर अपरेटर पदमा फारम भरेकी थिइन् । जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कार्यकक्षको गोप्य कोठामा बोलाएर बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ ।

उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । घटना सार्वजानिक भएदेखि उपमेयर महतो सम्पर्कविहीन छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]