०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९

 

न्युजमधेस डेस्क
सिरहा,७ साउन।
मधेस प्रदेशको सिरहा जिल्लाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। गोलबजार नगरपालिका ९ डण्डाका ४५ वर्षिय रामजतन पासवानको शव रहेको आशंका गरेको छ।
हिजो बेलुकादेखि हराईरहेका उनको चप्पल र गञ्जी इनार नजीकै फेला परेकाले शव उनकै भएको हुन सक्ने प्रहरीले बताए।
आज विहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालेपछि शव देखिएपनि कसको हो भन्ने अझै खुलिनसकेको प्रहरीको भनाई छ।

प्रहरी र सेनाले शव निकाल्ने प्रयास गरेपनि नसकेपछि इटहरीबाट गोताखोर टोली ल्याएर निकाल्ने कोसिस भईरहेको छ।
इनाकारमा अक्सिजनको मात्रा कम भएकाले निकाल्न नसकिएको स्थानीयको भनाई छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]