०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

करारमा कर्मचारी भर्नाको नाममा कार्यकर्तालाई जागिर खुवाएको आरोप

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९

न्युजमधेस डेस्क
सिरहा,७ साउन।
गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले पूर्वमेयरले करारमा कर्मचारी भर्नाको नाममा कार्यकर्तालाई जागिर खुवाएको आरोप लगाउका छन् । यही कारण त्यस्ता कर्मचारीको करार अवधि नथप्ने उनले प्रष्टयाएका छन् ।

नगर प्रमुख श्रेष्ठले पत्रकार सम्मेलन गर्दै गोलबजार नगर कार्यपालिकाको ३० असारमा बसेको बैठकले करारमा रहेका कर्मचारीको करारअवधि असार मसान्तमा स्वतः सकिएको अवस्थामा कार्यपालिकामा जननिर्वाचित नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रतिनिधिसमेतको सहमतिमा करार अवधि थप नगर्ने निर्णय गरेको प्रष्ट पारे ।

गोलबजार नगरपालिकामा पूर्वमेयरले करारका कर्मचारीका नाममा एउटै घरको तीन तीन जनालाई करारमा राखेको बताए ।

गोलबजार नगरपालिकामा बिहीवार नगरप्रमुखको  कार्यकक्ष तोडफोड भएको विषयमा मेयर श्रेष्ठले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, शान्तिपूर्ण आन्दोलन भनिए पनि माओवादीका कार्यकर्ता र केही करारका कर्मचारीले सिटी बजाउँदै उगशैलीमा ढुंगामुंढा गरे’ ।  ‘मैले गल्ती गरेको छु भने कानुन छ, मविरुद्ध मुद्दा हाल्दा हुन्छ, मलाई कानुनले जे सजाय दिन्छ भोग्न त्यार छु ।’

माओवादी केन्द्रले गोलबजार नगरपालिका  कर्मचारी निस्कासन गरेको भन्दै विरोधका विभिन्न कार्यक्रम घोषणा गरेको छ । माओवादी कार्यप्रति आपत्ती जनाउँदै जनता समाजवादी पार्टीका प्रतिनिधि रामचलितर साहले नगरपालिकाभित्र गरिएको ढुंगामुढालगायत तोडफोड घटनाप्रति खेद प्रकट गरेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]