०९ बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,८ श्रावण ।नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन्।

अध्यक्षका अर्का प्रत्यासी अनिता विन्दूलाई पराजित गर्दै लम्साल विजयी भएका हुन्।

त्यस्तै महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भए। वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन्।त्यसैगरी केन्द्रिय उपाध्यक्षमा मधेश प्रदेशबाट अनिलकुमार कर्ण विजय भएका हुन।

अध्यक्षसँगै प्रेस युनियनका अधिकांश पदमा पनि लम्साल प्यानलका उम्मेदवारहरु विजयी भएका छन्।

लम्सालले शेखर–गगन समूहका तर्फबाट उम्मेदवारी दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]