०९ बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

पूर्व मन्त्रीसँग चुनावमा भिड्दै इन्जिनियर जय शाह

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१० श्रावण । आगामी प्रतिनिधि सभाको चुनावमा महोत्तरी क्षेत्र नम्बर १ बाट इन्जिनियर, शिक्षक जय शाहले उम्मेदवारी दिने भएका छन् । स्थायी घर बर्दिवास नगरपालिका १३ भएका ३२ वर्षीय शाहले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।

यसअघि निर्वाचित सांसदहरुले नतिजामुखी काम नगरेको भन्दै आफूले उम्मेदवारी दिनुपरेको उनले बताए । भारतको बैंगलोरबाट इन्जिनियर पढेका शाहले अहिले ब्याचलरमा गणित र विज्ञान विषयमा अध्यापन पनि गराइरहेका छन् ।

पहिलो पटक उम्मेदवारी दिन लागेका शाहले युवाहरुको साथ भएकाले चुनाव जित्ने संभावना बलियो रहेको बताए । आफूले चुनाव जितेको खण्डमा शैक्षिक क्षेत्र, स्वास्थ्य, खानेपानी, कृषि लगायतमा आएको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधानतर्फ केन्द्रित हुने उनको भनाई छ ।

यतिबेला सोही क्षेत्रबाट उनको प्रतिस्पर्धीको रुपमा पूर्व शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, लक्ष्मी महतो लगायतका उम्मेद्वारहरुले पनि चुनावी तयारी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]