११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

जेसीजका निबर्तमान पदाधिकारी आफूखुशी खाता खोलेर भर्दैछन् गोजी

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० श्रावण । जनकपुर जेसीजका निवर्तमान पदाधिकारीले संस्थाको रकम आफूखुशी चलाएका छन् ।

जनकपुर जेसीजका निवर्तमान अध्यक्ष र का.उपाध्यक्ष मिलेर संस्थाको लाखौं रकम पचाएको पाइएको छ । निबर्तमान अध्यक्ष मनोज साह र निबर्तमान का .उपाध्यक्ष उपेन्द्र साहले जनकपुर जेसीजमा आर्थिक चलखेल गरेको खुल्न आएको छ ।

उपेन्द्र यसअघि कार्यकारिणी उपाध्यक्ष थिए । तर मनोजसँग मिलेर उपेन्द्रले मेगा बैंकमा खाता खोलेर रकम आफ्नो गोजीमा हालेका छन् ।

जनकपुर जेसीजका कार्य समितिका एक जना सदस्यले नाम नबताउने शर्तमा जनकपुर जेसीजको नाममा मेगा बैंकमा खाता खोली खाताबाट सहयोगको नाममा रकम जम्मा गर्न लगाई आफूखुशी निकालेको जानकारी गराएका छन् ।

खातामा रहेको रकमका साथै बिभिन्न व्यक्तिबाट चन्दाको नाममा रकम उठाएर दुबैले आफ्नो गोजीमा हालेको उनको भनाई छ ।

मनोज वर्ष २०२२ का नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवं जनकपुर जेसीजका निवर्तमान अध्यक्ष हुन् । उपेन्द्र यस अघि का उपाध्यक्ष भएपनि कोषाध्यक्ष बनेर खाता खोलेका छन् । मनोज नेतृत्वको जेसीज कार्यकालमा आतोष साह कोषाध्यक्ष थिए ।

तर मनोज र उपेन्द्रले गरेको माइन्यूटमा उपेन्द्रलाई कोषाध्यक्ष भनिएको छ । त्यहीं आधारमा दुबैले मेगा बैंकमा खाता खोलेर आफू अनुकुल आर्थिक कारोबार गरिरहेको जेसीजका एक सदस्यले बताएका छन् ।

दुबैले गरेको अनियमितता छानबिन हुनुपर्ने जेसीजका सदस्यले माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]