०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

काठमाडौं उपत्यकाकै सार्वजनिक यातायात व्यवस्थित गर्नु हाम्रो एजेन्डा हो : उपमेयर डंगोल

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१० श्रावण ।काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसँग साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र बोर्ड सदस्य सुशील प्याकुरेलले भेटवार्ता गरेका छन्। भेटमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने विषयमा छलफल भएको बताइएको छ।

उपमेयर डंगोलसँग कार्यकक्षमै भेट गरी उनीहरूले यस विषयमा छलफल गरेका हुन्। छलफलका क्रममा उपमेयर डंगोलले आफ्नो चुनावी घोषणापत्रमै महानगरभित्र रहेको यातायातलाई व्यवस्थित तथा आधुिनकीकरण गर्न नयाँ प्रविधियुक्त यातायात पद्धतिको विकास गर्ने विषयलाई समावेश गरेको भन्दै त्यस्ता सन्दर्भमा आफू सकारात्मक रहेको बताइन्।

‘काठमाडौं महानगरको मात्रै होइन उपत्यकाकै यातायातलाई व्यवस्थित तथा आधुिनकीकरण गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ छलफलका सिलसिलामा आफूले राखेको धारणाबारे डंगोलले भनिन्, ‘काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने एजेन्डा काठमाडौं महानगरपालिकाको पनि हो। साझाको यी एजेन्डामा हामी सकारात्मक छौँ र सहकार्य गर्न तयार छौँ ।’

डंगोलले यसअघि पनि महानगरपालिकाले साझासँग सहकार्य गरेको स्मरण गराउँदै पहिला भएका सम्झौतालाई समेत आधार मानेर विज्ञहरूसँग छलफल गरी थप व्यवस्थित र भरपर्दो तरिकाले अघि बढ्नुपर्नेमा जोड दिएकी थिइन्। भेटमा दीक्षितले नेपालभरि र खासगरी राजधानी उपत्यकामा सहरी सार्वजनिक यातायात कमजोर अवस्थामा रहेको भन्दै यसको सुधारका लागि आफूहरू लागिरहेको बताएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]