११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

औषधालयमै केटिमाथी जवर्जस्ती करणी

Logo
प्रकाशित बुधबार, साउन ११, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,११श्रावण।धनुषाको सवैला नगरपालिकामा एक नाबालिक केटिलाइ बिहेको प्रलोभनमा पारी दुई केटाद्वारा जवर्जस्ती करणी गरेको घटना सार्वजनिक भएको छ।

महोत्तरीको मनरा सिसवा नगरपालिका स्थितको थरुवाही घर भइ हाल मधेश प्रदेशको राजधानी जनकपुरको मिल्स एरिया बस्दै आएकी एक नाबालिक केटि पवन कापर(नाम परिवर्तित)लाइ जालमा पारी दुई केटाहरुले रातभरी आफुलाइ जवरजस्ती करणी गरेको आरोप लगाएकी छिन।

जिल्लाको सवैला नगरपालिका ६ गोबिन्दपुरको अन्दाजी बर्ष १८ को मनिष कापर र सवैला नगरपालिका २ को बर्ष १८ कै राहुल ठाकुरले आफुलाइ जवर्जस्ती करणी गरेको उक्त केटिले आरोप लगाएकी छिन।

आफू मनिष कापरलाइ केही समय अगाडी आफ्नै आफन्तकोमा गएको समय जन्तिमा आएको मनिष कापरसंग चिनजान भएको तथा उक्त समयदेखी नै बिहे गर्ने भनी कुराकानी गर्दै आएपनी गत सोमबार श्रावन सोमबारीको दिन ती केटाले बिहाको बहानामा घर लग्दा निजको आमाले अस्विकार गर्दा ती केटाले भोलिपल्ट डेरा लिइ बस्ने भनी राती आयुर्वेदिक औषधालयमा राखी दुबैले जवर्जस्ती करणि गरेको बताएकी छिन।

यता मंगलबार बिहानै डेरा खोज्ने बहानामा आफुलाइ दुबै केटाले जनकपुर लगि छाडेर फरार भएपछी आफू अलपत्र भएपछी सवैला फर्किदा केही जनप्रतिनिधिले नै अन्य केटाहरु लगाइ धाकधम्की दिई भगाउन खोजेको समेत बताइन।

आफू सवैला नगरपालिकाको वडा नं ३ मा रहेको पेट्रोल पम्प नजिक रहेको एक पसलमा केही ब्यक्तिले लिएर आएको समय जनप्रतिनिधिद्वारा नै बोलाइएका एक प्रहरी सहायक निरिक्षक लगायत एक प्रहरी जवानले समेत कम उमेरमा बिहाबारी नहुने भनी भगाउन लगाएको थियो,कतिपनी ती केटासंग कुराकानी गरि कुरा बुझ्न आहारगुहार गरेपनी नसुनेको ती केटिले जनाइन।

यता आयुर्बेद औषधालयका कार्यालय सहयोगी रहेका प्रेम ठाकुरकि श्रीमतीसंग औषधालयमा भएको घटना र सांचो को कसले उपलब्ध गराएको बारे प्रतिक्रिया लिन खोज्दा आफुलाइ यसबारे कुनै जानकारी नै नभएको बताइन।

घटनामा संलग्न राहुल ठाकुर भने त्यही औषधालयका कार्यालय सहयोगिकी छोरा रहेका छन भने राहुल ठाकुर र मनिष कापर दुबै जना साथी नै रहेका छन।

निजका आमाले घरमा बस्न दिन अस्विकार गरेपछी मनिष कापरले आफ्नो साथी रात बिताउन ब्यबस्था गर्न भनेपछी ती राहुल ठाकुरले नै सांचो ल्याएर दिएको र दुबै जना मिलि घटना गरेको ती केटिले बताएकी छिन।

घटना बारे इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक राजकुमार सिंहसंग बुझ्दा केटि पक्षले जाहेरी गरेको तथा ती केटिलाइ शारीरिक जांचको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको बताउनुभयो।

घटनालाई केही जनप्रतिनिधी र प्रहरीले समेत लुकाउन खोजेको नाम नखोल्ने सर्तमा केही स्थानियले जानकारी गराए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]