०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

तीन लाख भन्दा बढी घुस लिएको अभियोगमा इन्जिनियर विरुद्ध मुद्दा

Logo
प्रकाशित बिहिबार, साउन १२, २०७९

न्युजमधेस डेस्क
काठमाडौ,१२ साउन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इन्जिनियर नवन डाँगी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रूपमा कार्यरत इन्जिनियर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटर बाटोको नापी किताब तयार पारी अन्तिम भुक्तानीका लागि फाइल पेस गर्दा घुस मागेको पाइएको छ ।

आयोगका अनुसार सुरुमा रु ५० हजार बराबरको घुस माग गरेको भन्ने विषयमा अनुसन्धान गर्दा उनले थप रु तीन लाख ५६ हजार ५०० बराबरको घुस लिएको खुलेको छ । आयोगले बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]