२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

प्रहरीले चलाएको मोटरसाइकलबाट ठक्कर दिदा, साइकल यात्रीको मृत्यु

Logo
प्रकाशित मंगलबार, साउन २८, २०७६

कमल मण्डल ,राजविराज ।सप्तरीमा प्रहरीले चलाएको मोटरसाइकलबाट ठक्कर दिदा एक साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु भएमा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नं. १ घोघिदह बस्ने वर्ष ६५ को मोतिलाल चौधरी हुन।

सुनसरीको इनरुवा नगरपालिका २, कुसुमगाछि बस्ने वर्ष ३० को प्रहरी रोशन थापा को३४प ८३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । थापा इलाका प्रहरी कार्यालय भारदहमा कार्यरत प्रहरी जवान रोशन रहेका छन।

पूर्व जाँदै गरेको थापा सवार मोटरसाइकलले अग्निसाइर कृष्णासवरण गाउँपालिका १, जण्डौलमा सडकमै रहेको गाईलाई ठक्कर दिएपछि अनियन्त्रित भएर साइकलयात्रीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका चौधरी र गाई दुवैको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर मकेन्द्र मिश्रले बताए । थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]